ad ad

राजनीति


विकासका काम थाल्दा भौगोलिक अवस्थितिको अध्ययन गरौँ : प्रधानमन्त्री

विकासका काम थाल्दा भौगोलिक अवस्थितिको अध्ययन गरौँ : प्रधानमन्त्री

संसद्‍मा बोल्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार ८, २०८० शुक्रबार १२:१३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै गर्नु जरुरी देखिएको बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रम बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। 

उनले वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षति भएको भन्दै बाढी
पहिरो रोक्न मुलुकको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै बनाउनु पर्ने आवश्यकता देखिएको बताए। 

उनले सरकार र स्थानीय तहले मुलुकको भौगोलिक अवस्थितिबारे अध्ययन नगरी विकास मोडालिटी बनाएर बाढी पहिरोका घटना दोहोरिरहने अवस्था देखिएको बताए।

दाहालले सरकारले बनाउने विकासको मोडालिटिको विषयमा गम्भिर रहेको बताएका छन्। 

प्रधानमन्त्री दाहालले बाढी पहिरो रोकथामको सांसदहरुले समेत भौगोलिक अवस्थाको अध्ययन गरेर मात्रै दीर्घकालीन विकासमा जोड दिन आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .