नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन्।
सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो? भन्दै प्रश्न गरे। उनले महादेवलाई नामबाट खुवाउने चलन किन परेछ? भन्नेकुराको सत्यतथ्य आउनुपर्ने बताए।
उनले भने, ‘जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट आएको पानी हामीले खानुपर्ने रहेछ, यो बाध्यता किन गरियो? महादेवलाई उहाँहरुको नामबाट पानी खुवाउने चलन पशुपतिनाथलाई खुवाउने चलन किन परेछ? यसमा छलफल गर्नुपर्छ। सत्यतथ्य ल्याओस्।’
सांसद खतिवडाले नेपाली कांग्रेस मिथ्या आरोप लगाएर राजनीति गर्ने पक्षमा नरहेको बताए।
Shares
प्रतिक्रिया