ad ad

राजनीति


वर्तमान सरकार ढाल्नु देशलाई अस्थिरतातर्फ लैजानु हो : पर्यटनमन्त्री किराँती

वर्तमान सरकार ढाल्नु देशलाई अस्थिरतातर्फ लैजानु हो : पर्यटनमन्त्री किराँती

फाइल तस्बिर


नेपालखबर
असार ११, २०८० सोमबार १८:१८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताएका छन्।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार ढले देश अस्थिरतातर्फ जाने बताए। 

वर्तमान सरकार ५ वर्षसम्म नै टिक्ने दाबी उनले गरे। आउने निर्वाचनमा ठूला दलको अस्तित्व संकटमा पर्ने डरका कारण पनि वर्तमान सरकार नढल्ने दाबी उनको थियो।

'यो सरकार ढल्दैन, ५ वर्षसम्म नै चल्छ। यो सरकार यस कारणले ढल्दैन कि, ठूला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर बनाउने हो भने आउने निर्वाचनमा अस्तित्व झन् संकटमा पर्छ,' उनले भने, 'सहमतिअनुसार फुलफेजमा यो सरकार चल्छ। अहिले
चौतर्फी संकट छ, संकटको सुधार पनि भइरहेको छ । समस्या र समाधान दुवै छ भन्ने सरकारलाई थाहा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .