नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेस बदल्न क्रियाशील भएर लाग्ने बताएका छन्।
केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा केन्द्रीय सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले पार्टी सभापति शेरबहादुर देउवालाई बदल्न नसक्ने बरु आफैँ बदलिने घोषणा गरेका हुन्।
‘कतिले मलाई गाली पनि गर्छन्, नेता बदल्ने कुरा गर, अब सभापतिलाई बदलिनेभन्दा पहिला म आफैँ बदलिन्छ पर्छ भन्ने मलाई राम्रैसँग थाहा छ,’ उनले भने, ‘७५/७६ वर्षको सभापतिलाई बदल्नुस् भने। यो धेरै त भएको छैन है दाजु ६० पुग्या छैन। म आफैँ बदलिनुपर्ने भा छ। त्यसकारण म आफू बदलिएर समग्र कांग्रेस बदल्ने यात्रामा अगाडि बढ्न चाहन्छु।’
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यासमिति बैठकमा सोमबार पदाधिकारीहरूले जवाफ दिइरहेका छन्।
‘पार्टीलाई जुरुक्क उठाएर जनताको बीचमा जनताको कांग्रेस, हाम्रो कांग्रेस मात्र होइन जनताको कांग्रेस बनाउने अभियानमा लागौं,’ उपसभापति गुरुङले भने, ‘यो अभियानमा लाग्दै गर्दा चेञ्ज माइ सेल्फ त्यसकारणले म बदलिन्छ, बदलिने प्रयास गरिराखेको छु, कति बदलिन सक्छु सक्तिन थाहा छैन तर बदलिन प्रयास गरिरहेको छु।’
Shares
प्रतिक्रिया