नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताएका छन्।
बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरूको बलमा पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने स्थिति बनाउनुपर्ने बताए।
‘अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने। अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन। सिद्धियो झर्ने ठाउँ। अब उकालो लाग्ने,’ सापकोटाले अघि भने, छ०८४ सालमा पुग्दाखेरी अहिले सरकारले गरेका राम्रा कामहरुको बल, बुतामा पार्टी रुपान्तरण गर्ने, हामी अलिअलि सुध्रने र जनतातिर फर्किने।’
उनले माओवादी पार्टीजति विधानमा अरु कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नहुने पनि बताए।
‘०८४ मा पुग्दाखेरी पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने। जनताको हामीसँग विश्वास गुमेको छ, जनता रिसाएका छन्। रिसाएका जनताको मन खुसी बनाउने,’ सापकोटाले भने, ‘३ महिनाभित्र विधान सम्मेलन गर्ने। किनभने विधानमा हामीजति उदारवादी यो संसारमा कोही पनि छैन। हामी जतिबेला पायो त्यतिबेला बदल्दीन्छौँ। परिवर्तन गर्छौं। थपिदिन्छौँ। घटाइदिन्छौँ। अब आइन्दा नगर्ने भन्ने छ।’
Shares
प्रतिक्रिया