ad ad

राजनीति


एमालेले सबै प्रदेशको अधिवेशन तोक्यो, ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउने

एमालेले सबै प्रदेशको अधिवेशन तोक्यो, ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउने

नेपालखबर
साउन २९, २०८० सोमबार १९:१, काठमाडौँ

नेकपा (एमाले)ले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ। ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनका अनुसार लुम्बिनी प्रदेश भदौ १६ र १७ गते, मधेस प्रदेशको असोज ५ र ६ गते, बागमती प्रदेशको असोज ८ र ९ गते, कर्णाली प्रदेशको असोज १० र ११ गते, कोशी प्रदेशको असोज १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरिएको छ। 

पार्टीले गण्डकी प्रदेशको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेश असोज २१ र २२ गते अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए। 

उनका अनुसार पार्टीले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन स्थानीय तहबाट हुने र अधिवेशनका लागि ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउने निर्णय गरेको छ। 

उपमहासचिव ज्ञवालीले पार्टीले युवाको सहभागितालाई तल्लो तहबाट नै विस्तार गर्ने योजनाअनुसार नै प्रतिशत छुट्टाइको बैठकले निर्णय गरेको बताए। 

उनका अनुसार वडा र टोलमा ४० वर्ष मुनिका एक तिहाइ युवाहरु अनिवार्य र पालिका तहमा न्यूनतम २० प्रतिशत युवा, जिल्लामा १५ प्रतिशत र प्रदेशमा १० प्रतिशत युवालाई सहभागिता गराउने निर्णय गरेको छ। 

बैठकले केन्द्रीय कमिटी सदस्यमा छक्कबहादुर लामा र केदार न्यौपानेलाई मनोनित गर्ने निर्णय गरेको उनले बताए।

सुदूरपश्चिम प्रदेशका शङ्करदत्त जोशी र बागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषद्मा मनोनित गर्ने निर्णय गरेको छ। सङ्गठन विभागको सचिवमा माधव ढुङ्गेललाई मनोनित गर्ने निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .