ad ad

राजनीति


तिब्बत क्षेत्र हेर्ने शीर्ष चिनियाँ नेता नेपाल आउँदै

तिब्बत क्षेत्र हेर्ने शीर्ष चिनियाँ नेता नेपाल आउँदै

ल्हासामा प्रधानमन्त्री प्रचण्डसँग वाङ छुङछेङ


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १२:८, काठमाडौँ

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) तिब्बत स्वायत्त क्षेत्रका पार्टी सचिवले आगामी साता नेपाल भ्रमण गर्ने भएका छन्। 

दुई वर्षयता तिब्बत क्षेत्रको पार्टी प्रमुख रहेका वाङ छुङछेङ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी बुधबार र बिहीबार (२२ र २३ कात्तिकमा) नेपाल भ्रमण गर्न लागेका हुन्। 

अघिल्लो महिना प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को चीन भ्रमणमा जाँदा तिब्बतमा उनलाई पार्टी सचिव वाङले नै स्वागत गरेका थिए। सोही क्रममा दुई पक्षीय सम्बन्ध र हितका मामिलामा कुराकानी भएको थियो। 

भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। प्रधानमन्त्री प्रचण्डको निम्तो स्वीकार गर्दै उनी आगामी साता नेपाल भ्रमणमा आउँन लागेका हुन्। 

काठमाडौँमा रहँदा वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका अर्का उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाटको तयारी भइरहेको बताइएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .