ad ad

राजनीति


नेपाललाई हिन्दु राष्ट्र कायम गर्न विश्व हिन्दु महासंघको माग

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न विश्व हिन्दु महासंघको माग

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १९:३४, काठमाडौँ

विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति अर्घाखाँचीले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गरेको छ।

महासंघले आज आयोजना गरेको हिन्दू धर्मसम्बन्धी अन्तक्रियामा विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष दधिराम शर्माले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै लाग्नुपर्ने बताए। उनले हिन्दु राष्ट्र घोषणा हुन नसके नेपालकै अस्तित्व खतरामा रहेको जिकीर गरे।

विश्व हिन्दु महासंघका केन्द्रीय सचिव पुनाराम पोख्रेलले विद्यालयस्तरमा संस्कृत शिक्षा अनिवार्य गर्नुपर्ने बताए। संस्कृत भाषा विश्वको मुख्य र पुरानो भाषा हुँदा पनि यसको महत्त्व नेपालले बुझ्न नसकेको उनको टिप्पणी थियो।

कार्यक्रममा विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य लोकनाथ पाण्डे, प्रदेश सचिव कमलकान्त पौडेल, हिन्दू धर्म रक्षा परिषद् नेपाल केन्द्रीय अध्यक्ष नारायण खनाललगायतले देशलाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .