ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र सीपीसीका तिब्बत सचिव वाङबीच बालुवाटारमा भेटवार्ता (तस्बिर)

प्रधानमन्त्री प्रचण्ड र सीपीसीका तिब्बत सचिव वाङबीच बालुवाटारमा भेटवार्ता (तस्बिर)

तस्बिरहरू : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार ९:४५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो।

भेटमा दुई देशबीच सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा सचिव वाङ छुङछेङसहितको चिनियाँ प्रतिनिधि मण्डल सहभागी थियो।

वाङ बुधबारदेखि नेपाल भ्रमणमा छन्।

यसअघि गत असोजमा चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र सचिव वाङबीच ल्हासामा भेटवार्ता भएको थियो। त्यही बेला प्रधानमन्त्री प्रचण्डले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।  

बुधबार काठमाडाैँ आइपुगेका वाङले पहिलो दिन उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग उपराष्ट्रपतिको कार्यालयमा भेटवार्ता गरेका थिए।

त्यस क्रममा नेपाल र चीनबीको सुमधुर सम्बन्धका विविध आयाममा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

बिहीबार बिहान बालुवाटारमा वाङ–प्रचण्ड भेटवार्ताका केही तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .