ad ad

समाज


महोत्तरीबाट ५ किशोरी ३ दिनदेखि बेपत्ता


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १०:०, काठमाडौँ

महोत्तरीको औरहीबाट एकैपटक पाँचजना किशोरी बेपत्ता भएका छन्। 

औरही नगरपालिका–२ बाट तीन दिनदेखि १६ देखि २० वर्ष उमेर समूहका पाँचजना किशोरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलिपकुमार गिरीका अनुसार गएको मंगलबार बिहान ११ बजेदेखि बेपत्ता भएका एकै गाउँका पाँचजना किशोरी अझै घर फर्किएका छैनन्। 

औरहीकी २० वर्षीया रुवी सदा, १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा र १५ वर्षीय राजन सदा तीन दिनदेखि परिवार र आफन्तको सम्पर्कमा छैनन्।

‘हामीलाई हिजो मात्रै उनीहरु बेपत्ता भएको खबर आएको हो,’ डीएसपी गिरीले बिहीबार बिहान नेपालखबरसँग भने, ‘उनीहरु काम खोज्दै भारततिर गएको हुनसक्ने आशंका हाम्रो छ। अभिभावले पनि त्यही सम्भावनाको विषयमा जानकारी गराएका छन्।’

बेपत्ता भएका पाँचमध्ये एक किशोरी बुधबार परिवारको सम्पर्कमा रहेको गिरीले बताए। 

‘हिजो उनले आमालाई फोन गरेर हामी ठीक छौं, काम गर्दै छौँ, खोज्नु पर्दैन। केही दिनमै पैसा कमाएर घर आउँछौँ भनेकी रहिछन्,’ गिरीले भने, ‘उनीहरुले प्रयोग गरेको फोन लोकसनको आधारमा हामीले पनि खोजी गरिरहेका छौँ। उनीहरु केही दिनमै फेला पर्लान्।’

केही महिनाअघि पनि महोत्तरीबाट केही किशोरी वेपत्ता भएका थिए। पछि उनीहरुले पाँचथरमा गएर काम गरेको पाइएको डीएसपी गिरीले बताए। 

‘अहिले बेपत्ता भएका पाँच किशोरी विपन्न परिवारका हुन्, उनीहरु गाउँघरमा पनि मजदुरी गरेर खान्थे,’ गिरीले भने, ‘अहिले पनि उनीहरु कतै मजदुरी गर्न गएको हुनसक्छ।’ 

आमालाई फोन गरेकी किशोरीको मोवाइलमा पछि सम्पर्क गर्दा स्विचअफ देखाएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .