ad ad

राजनीति


कोशीका मुख्यमन्त्री सवार गाडीमा आक्रमण, पहिचानवादीले ढुंगा हाने

कोशीका मुख्यमन्त्री सवार गाडीमा आक्रमण, पहिचानवादीले ढुंगा हाने

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १४:१०, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा पहिचानवादीले ढुंगा हानेका छन्। दर्जन बढी संख्याका उनीहरूले मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजीसहित आक्रमण गर्न खोजेका हुन्।

झापाको दमक पुगेका मुख्यमन्त्री कार्की सवार गाडीलाई रोकेर पहिचानवादीहरूले ढुंगा हानेका हुन्। 

दमक नगरपालिकाद्वारा आयोजित लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन पुगेका बेला पहिचावादीले मुख्यमन्त्री कार्कीमाथि आक्रमण प्रयास गरेका हुन्। 

पहिचानवादीहरुले कालो झन्डा देखाउदै ढुङ्गा प्रहार गरेका थिए। गणतन्त्र चोकबाट दक्षिणस्थित एक पार्टी प्यालेसमा दमक नगरपालिकाले उक्त कार्यक्रम राखेको थियो। 

त्यसक्रममा किरात प्रदेशको पक्षमा रहेकाहरूले कार्कीविरुद्ध नाराबाजी पनि गरेका थिए। पहिचानवादीले आक्रमण प्रयास गरेपछि प्रहरीले कार्की सवार गाडीलाई सुरक्षा दिएको थियो। अहिले प्रहरीले सडकक अवरोध पनि हटाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .