ad ad

राजनीति


एकीकृत समाजवादीको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस

एकीकृत समाजवादीको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस

नेपालखबर
पुस २, २०८० सोमबार १९:३८, काठमाडौँ

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको हो। पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुषालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो।

सोही समितिले विधान संशोधन सम्बन्धी प्रश्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए। उउनले समितिको तर्फबाट आजको बैठकमा विधान संशोधन सम्बन्धी प्रश्ताव पेस भएको र प्रस्ताव उपर आज छलफल भएको बताए। उनले प्रस्तावमाथिको छलफल मंगलवारको सचिवालय बैठकमा पनि जारी रहने पनि बताए।

‘बैठकमा मुलतः पार्टीको महाधिवेशन आयोजना गर्ने जुन निर्णय भएको छ, २०८१ साल जेठ को ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय भइसकेको छ। त्यसैसँग सम्बन्धित रहेर विधान संशोधन गर्नुपर्ने जुन आवश्यकता महशुस भयो, त्यही सन्दर्भमा गएको बैठकमा पार्टीका संगठन विभाग प्रमुख र उपाध्यक्ष कमरेड वेदुराम भुषालको संयोजकत्वमा महासचिव कमरेड घनश्याम भुसाल र उपमहासचिव कमरेड प्रकाश ज्वाला तीन सदस्यीय एउटा विधान संशोधन कार्यसमिति बनेको थियो। त्यही समितिको तर्फबाट आजको बैठकमा विधान संशोधन सम्बन्धी प्रश्ताव पेस भयो। प्रस्ताव उपर आज छलफल भयो र आफ्नो विचार राख्ने काम भएको छ । बैठक भोलि पनि जारी रहन्छ,’ उनले भने।

उनले सचिवालय बैठक मंगलवार पनि जारी रहने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .