ad ad

राजनीति


मधेस र सहरकेन्द्रित आन्दोलन चलएर माओवादीमय बनाउँछौँ : प्रचण्ड

मधेस र सहरकेन्द्रित आन्दोलन चलएर माओवादीमय बनाउँछौँ : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०८० सोमबार १६:२१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माण अभियानबाट अघि बढेर अब नयाँ आन्दोलन थालिने बताएका छन्।

पार्टीको पाँचौँ केन्द्रीय समिति बैठकलाई सोमबार सम्बोधनका क्रममा उनले तीन महिने अभियानले उत्साह ल्याएको बताउँदै अब त्यसलाई आन्दोलनका रुपमा अघि बढाउने उल्लेख गरे। 

‘अभियानमा खट्नेको उत्साह बढेको छ, नखट्नेको निराशा बढेको छ। हामीले यसलाई ‘लाइफ एन्ड डेथ’का रुपमा लिएकाले अभियान सफल भयो’, उनले भने, ‘हाम्रा कार्यकर्ताको पलयान अभियानले रोक्यो र अन्त्यमा आकर्षण बढायो। अभियालने पार्टी निर्माणको नयाँ आधारभूमि तयार गर्‍यो।’

दाहालले अब दोस्रो अभियानका रुपमा उत्तरदायित्व अभियान चलाउने पनि बताएका छन्। उनले हिमाल, पहाड र तराई जोड्ने राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने पनि जानकारी दिए। 

‘हिजोको अभियान संगठनात्मक थियो, अबको अभियान जनआन्दोलनका रुपमा अघि बढ्छ। अबको अभियान मधेस र सहरकेन्द्रित हुन्छ’, उनले भने, ‘अबको अभियान जनआन्दोलनका रुपमा जान्छ। यसलाई विचार संश्लेषणको अभियान पनि भनेका छौँ। पहिला झगडा गरेर संगठन बनायौँ, अब बहस गरेर बनाउने हो।’

दाहालले मधेस र सहरमा अभियान चलाएर अवस्थालाई माओवादीमय बनाइने पनि बताए। ‘हाम्रो अवस्था कहाँ कमजोर छ भन्ने आइसकेको छ। अब हामी कमजोर रहेका मधेस र सहरी क्षेत्रमा अभियान लैजान्छौँ’, उनले भने, ‘तराई-मधेसमा केन्द्रीयस्तरको विशेष योजना सञ्चालन गर्दा माओवादीमय हुने परिवेश सिर्जना गरिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .