ad ad

राजनीति


प्रसाईं र लिङ्देनबीच सहकार्यको सहमति, आजको कार्यक्रममा यसरी सहभागी हुँदै छन् राप्रपाका नेता

प्रसाईं र लिङ्देनबीच सहकार्यको सहमति, आजको कार्यक्रममा यसरी सहभागी हुँदै छन् राप्रपाका नेता

नेपालखबर
फागुन १, २०८० मंगलबार ११:१४, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले आज (फागुन १ गते) भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू पनि सहभागी हुने भएका छन्।  

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रसाईंको कार्यक्रममा पार्टीका नेताहरू सहभागी हुनेछन्, तर संस्थागत रूपमा होइन, व्यक्तिगत रूपमा।

‘प्रसाईंको अभियानलाई राप्रपाको नैतिक समर्थन छ’, उनले नेपालखबरसँग भने, ‘राजसंस्था पुनःस्थापना गर्ने, संघीयता खारेज गर्ने व्यक्ति, समूह तथा दल त हाम्रा निकट भइहाले नि, राप्रपाका व्यक्तिहरू जान सक्छन् इन्डिभिजुअल्ली (व्यक्तिगत रूपमा), तर संस्थागत सहभागिता हुँदैन।’ 

सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंबीच सहकार्य गर्ने सहमति भएको जानकारी उनले दिए। 

‘अध्यक्षसँग हिजो भेट भएको छ, कुन मो्डलबाट सहकार्य हुनसक्छ भन्ने बारेमा छलफल गर्न हामीले दुई जनालाई जिम्मेवारी दिएका छौँ– महामन्त्री धवलशमशेर राणा र उपाध्यक्ष हेमजंग गुरुङलाई’, प्रवक्ता श्रेष्ठले भने, ‘उहाँहरूले दुर्गाजीसँग बसेर सहकार्यको सम्भावना, मोर्चा बनाएर जान सकिने सम्भावनाबारे कुरा गर्नुभयो।’

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले आज (फागुन १ गते) पहिलो वार्षिकोत्सव मनाउँदै छ। 

वार्षिकोत्सव कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा अहिले बिहान साढे ११ बजे सुरु हुने अभियानका संयोजक प्रसाईंले जानकारी दिएका छन्। 

यसलाई उनले ‘नागरिक मुक्तिको आन्दोलनको अन्तिम भाग’ भनेका छन्।  

विस्तृत : मंगलबार दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, २३ लाखको मञ्च, ७ रुटबाट जुलुस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .