ad ad

राजनीति


काठमाडौँमा दुर्गा प्रसाईंको प्रदर्शन : यी हुन् ७ रुटका ७ कमान्डर

काठमाडौँमा दुर्गा प्रसाईंको प्रदर्शन : यी हुन् ७ रुटका ७ कमान्डर

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८० मंगलबार १२:३४, काठमाडौँ

दुर्गा प्रसाईं नेतृत्वको समूहले आज (फागुन १ गते) काठमाडौँको भृकृटीमण्डपमा कार्यक्रम आयोजना गर्दैछ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका नाममा यो कार्यक्रम हुँदैछ।

यसअघिको कार्यक्रममा प्रसाईलाई बल्खुबाट यता छिर्न नदिएको सरकारले यस पटक भृकुटीमण्डपमा कार्यक्रम गर्न दिएको हो।

प्रसाईंले खुलामञ्चमा अनुमति मागे पनि सरकारले उनलाई भृकुटीमण्डपमा कार्यक्रम गर्न दिएको हो। 

आज हुने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको वार्षिकोत्सव कार्यक्रममा सहभागिता जनाउनेहरूको र्‍याली व्यवस्थापन गर्न रुट तथा नेतृत्व पनि तय गरिएको छ।

रुट र कमान्डर
रुट नं.१ : कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर हुँदै कार्यक्रमस्थलतर्फ प्रवेश गर्ने। मिटरव्याजी पीडितको ब्यानरमा शम्भु थापाको नेतृत्वमा र सचिवालय सदस्य विजय कँडेलको संयोजकत्वमा कोशी अञ्चल अध्यक्ष विरेश कुमार थापा र मेची अञ्चल अध्यक्ष धुव्र शिवाकोटी सह-संयोजक।

रुट नं.२ : ककनी, गोंगबु, बालाजु नयाँबजार, रानीपोखरी हुँदै कार्यक्रमस्थलतर्फ प्रवेश गर्ने। नागरिक बचतको अध्यक्षमण्डल सदस्य राजु पनेरुको नेतृत्वमा र प्रविण लामाको संयोजकत्वमा सचिवालय सदस्य लक्ष्मी ज्ञवाली, सचिवालय सदस्य कृष्णबहादुर केसी सगरमाथा अञ्चल अध्यक्ष सह-संयोजक।

रुट नं.३ : लुभु, लामाटार, सानागाउँ, ग्वार्को, लगनखेल, जावालाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर, हुँदै कार्यक्रमस्थलतर्फ प्रवेश गर्ने। 

निर्माण व्यवसायीको ब्यानरमा ऋषिबाबु परियारको नेतृत्व र शक्ति शाहीको संयोजकत्वमा भेरी र नारायणी अञ्चल अध्यक्ष सह-संयोजक।

रुट नं.४ : स्वयम्भू, तहचाल, डल्लु, वसन्तपुर हुँदै कार्यक्रमस्थलतर्फ प्रवेश गर्ने। सचिवालय सदय एवम् ऋणी एसोसिएसनको व्यानरमा प्रमुख देवी संग्रौलाको नेतृत्व र किशोर महर्जनको संयोजकत्वमा गण्डकी अञ्चल अध्यक्ष र लुम्बिनी अञ्चल अध्यक्ष सह-संयोजक।

रुट नं.५ : वनस्थली, सोह्रखुट्टे, ठमेल, लैनचौर, रानीपोखरी हुँदै कार्यक्रमस्थल तर्फ प्रवेश गर्ने अध्यक्षमण्डल सदस्य एवम् प्रशासन विभाग प्रमुख आनन्दप्रसाद प्याकुरेलको नेतृत्व र यातायात विभागको व्यानरमा सानु पुर्वछानेको संयोजकत्वमा धौलागिरी र राप्ती अञ्चल अध्यक्ष सह-संयोजक।

रुट नं.६ : चाबहिल, गौशला, जोरपाटी, मैतीदेवी, नक्साल हुँदै कार्यक्रमस्थलतर्फ प्रवेश गर्ने सांकृतिकक विभागको व्यानरमा अध्यक्षमण्डल सदस्य एवम् संगठन विभाग प्रमुख हरि कार्कीको नेतृत्व र डीपी बजगाईंको संयोजकत्वमा जनकपुर अञ्चल अध्यक्ष दिनेश पाख्रिन कर्णाली अञ्चल अध्यक्ष रेणु शाही, भूपु संघका अध्यक्ष नृपसिंह कार्कीको सह-संयोजक।

रुट नं.७ : भक्तपुर, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र माइतीघर हुँदै कार्यक्रमस्थल प्रवेश गर्ने उपत्यका संयोजक राजेन्द्र लाखाको नेतृत्व र यदुनाथ सिग्देलको संयोजकत्व र महाकाली, सेती अञ्चल अध्यक्ष सह- संयोजक।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .