ad ad

राजनीति


माओवादी केन्द्रको विधान सम्मेलन सुरु, संगठन छरितो बनाइने

माओवादी केन्द्रको विधान सम्मेलन सुरु, संगठन छरितो बनाइने

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८० मंगलबार १२:४७, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान सम्मेलन मंगलबार काठमाडौँमा सुरु भएको छ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केहीबेरअघि विधान परिमार्जनमाथि छलफल गर्न उक्त सम्मेलन सुरु भएको हो। 

प्रतिष्ठानमा बिहान सम्मेलनको उद्‌घाटन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन्। 

तीन दिनसम्म चल्ने सम्मेलनले पार्टीको विधान परिमार्जन गर्नेछ। स्थायी समितिले बनाएको विधान संशोधन मस्यौदामा माओवादीले तल्लो तहबाट सुझाव ल्याएको छ। 

विधानमार्फत साङ्गठनिक संरचनामा केही परिवर्तन गर्न खोजिएको माओवादीले जनाएको छ। माओवादी अध्यक्ष प्रचण्डले विधान भद्दा भएको भन्दै परिमार्जन गरी चुस्त बनाइने बताएका छन्।

माओवादीले विधान सम्मेलनमार्फत केन्द्रीय समितिसहित संगठनको आकार छरितो बनाउने भएको छ। मा‌ओवादीले केन्द्रीय समितिलाई १५० आसपास ल्याउने गरी छलफल अघि बढाएको छ। 

सम्मेलनअघि दुई दिनसम्म चलेको माओवादी केन्द्रीय समिति बैठकमा नयाँ विधानको मस्यौदामाथि छलफल भएको थियो। अब यो विधान सम्मेलनमार्फत सांगठानिक संरचनामा हेरफेर गरिने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .