ad ad

राजनीति


माओवादी विधान अधिवेशन : १३ सय सहभागीलाई १३ वटा समूहमा विभाजित गरियो

माओवादी विधान अधिवेशन : १३ सय सहभागीलाई १३ वटा समूहमा विभाजित गरियो

तस्बिर : सागर न्यौपाने


नेपालखबर
फागुन १, २०८० मंगलबार १३:१९, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रले विधान मस्यौदामाथि छलफल थालेको छ।

विधान मस्यौदामाथि छलफलका लागि माओवादीले अधिवेशनमा सहभागी करिब १३ सयजना  नेता-कार्यकर्ताहरूलाई विभिन्न १३ वटन समूहमा विभाजन गरेको छ।

१३ समूहमा विभाजित नेता-कार्यकर्ताहरूको सुझाव संकलन गरेपछि माओवादीले आफ्नो विधान संशोधन गर्ने भएको छ। 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विधान परिमार्जनमाथि छलफल गर्न अधिवेशन भइरहेको छ। 

तीन दिनसम्म चल्ने अधिवेशनले पार्टीको विधान परिमार्जन गर्नेछ। स्थायी समितिले बनाएको विधान संशोधन मस्यौदामा माओवादीले तल्लो तहबाट पनि सुझाव ल्याएको छ। 

विधानमार्फत साङ्गठनिक संरचनामा केही परिवर्तन गर्न खोजिएको माओवादीले जनाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान भद्दा भएको भन्दै परिमार्जन गरी चुस्त बनाइने बताएका छन्।

माओवादीले विधान अधिवेशनमार्फत केन्द्रीय समितिसहित संगठनको आकार छरितो बनाउने भएको छ। मा‌ओवादीले केन्द्रीय समितिलाई १५० आसपास ल्याउने गरी छलफल अघि बढाएको छ। 

अधिवेशनअघि दुई दिनसम्म चलेको माओवादी केन्द्रीय समिति बैठकमा नयाँ विधानको मस्यौदामाथि छलफल भएको थियो। अब यो विधान अधिवेशनमार्फत सांगठानिक संरचनामा हेरफेर गरिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .