ad ad

राजनीति


माओवादी विधान अधिवेशनमा उठ्यो पार्टीको नाम र चुनाव चिह्न फेर्ने कुरा

नयाँ नाम नेकपा समाजवादी राख्न सुझाव
माओवादी विधान अधिवेशनमा उठ्यो पार्टीको नाम र चुनाव चिह्न फेर्ने कुरा

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
फागुन २, २०८० बुधबार १६:५३, काठमाडौँ

नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने कुरा उठेको छ।

काठमाडौँमा जारी प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलमा सहभागीहरूले पार्टीको नाम फेर्न सुझाएका हुन्। 

मंगलबार बनाइएका २० समूहमध्ये केहीले नाम फेर्नुपर्ने सुझाव दिएका छन्। बैठकमा सहभागी एकजना नेताका अनुसार केही समूहले अहिलेकै नाम उचित भएको भन्दै फेर्न नहुने मत राखेका छन्। 

एउटा समूहका नेता हरिराज अधिकारीले चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्या पाउने अवस्था बनाउनुपर्ने कुरा राखे। 

उनले पार्टीका आयोगलाई शक्तिशाली बनाउनुपर्ने बताउँदै पार्टीका सबै समितिलाई सानो-छरितो कायम गर्न पनि सुझाएका छन्। 

त्यस्तै अर्को समूहक नेता ओम शर्माले प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गरेका छन्।

एक समूहबाट सबै कम्युनिस्टबीच एकता गरेर पार्टीको नाम नेकपा समाजवादी राख्नुपर्ने सुझाव आएको छ। उक्त समूहले सबै माओवादी घटकलाई एक ठाउँ ल्याएर पार्टीको  नाम फेर्ने सुझाव आएको हो। 

शर्माले प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने पनि बताएका छन्। केन्द्रीयसहित सबै समितिहरूलाई छरितो बनाउन, जननियन्त्रित पार्टी र पार्टी नियन्त्रित सरकार बनाउनुपर्ने पनि उनले सुझाव दिएका छन्।

विधान अधिवेशनका क्रममा हालसम्म १० समूहले सुझाव पेश गरिसकेका छन्। कमलदीस्थित प्रज्ञा प्रतिष्ठानमा भइरहेको अधिवेशनका सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .