ललितपुरको गोदावरीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा तीनवटा प्रस्ताव प्रस्तुत हुने भएको छ।
पार्टी उपसभापति धनराज गुरुङका अनुसार बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विभिन्न तीन प्रस्ताव पेस गर्न लागेका हुन्।
गुरुङका अनुसार खड्काले नीति सम्बन्धी प्रस्ताव, थापाले सांगठनिक प्रस्ताव र शर्माले समासमयिक प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
‘ती प्रस्तावमा केन्द्रीय समितिको बैठकमा परिश्रम र मिहेनत गरेर अघि ल्याइएको छ,’ उनले भने।
विभिन्न ४ वटा समूहमा विभाजन गरेर ती प्रस्तावमाथि छलफल हुने उनले जानकारी गराए।
57
Shares
प्रतिक्रिया