ad ad

राजनीति


भद्दा संगठनप्रति धनराजको कटाक्ष : मुसाको दर्जन भन्दा हात्तीको एउटै बच्चा बलियो हुन्छ

भद्दा संगठनप्रति धनराजको कटाक्ष : मुसाको दर्जन भन्दा हात्तीको एउटै बच्चा बलियो हुन्छ

नेपालखबर
फागुन ७, २०८० सोमबार १५:४६, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको संगठन चुस्त बनाउनुपर्ने प्रस्ताव गरेका छन्। ललितपुरको गोदावरीमा आजबाट सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

साथै, उनले मुसाले जन्माएका दर्जन बच्चाभन्दा हात्तीले जन्माएको एउटा बच्चा नै बलियो हुने भन्दै भद्दा संरचना बनाउन नहुने बताए।

‘मुसाले दर्जनौँ बच्चाहरू जन्माउँछ, तर हात्तीले एउटा मात्रै बच्चा जन्माउँछ। तथापि दर्जनौँ मुसा भन्दा एउटा हात्तीको बच्चा हजारौँ गुणा बलियो हुन्छ। भद्दा खालको संरचनालाई चुस्त बनाउने जिम्मेवारी छ,’ उनले भने।

सांगठानिक संरचनाको बारेमा पार्टीका महामन्त्री गगन कुमार थापाले प्रस्ताव पेस गर्ने भन्दै त्यसबारे महासमिति सदस्यले गम्भीर भएर सोच्न उनले आग्रह गरे।

‘हामीले सांगठानिक सन्दर्भमा एउटा चुस्त संरचना एकातिर हेरौँ, अर्कोतिर भद्दा खालको संरचना। त्यो भद्दा संरचनाले ठिक ठाउँमा हामीलाई पुर्याउँछ कि चुस्त खालको संरचनाले?,’ उनले भने, ‘पदाधिकारी र सदस्यले कहि न कहि कमजोरी गर्यौँ होला महासमिति बैठकले त्यसलाई सच्याएर अघि बढाउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .