ad ad

राजनीति


सरकारमा सामेल हुने दलको संख्या निश्चित भएपछि मात्र मन्त्रालय बाँडफाँट

८ पार्टी सहभागी हुने सम्भावना
सरकारमा सामेल हुने दलको संख्या निश्चित भएपछि मात्र मन्त्रालय बाँडफाँट

नेपालखबर
फागुन २२, २०८० मंगलबार ११:२५, काठमाडौँ

सरकारलाई समर्थन गर्ने र मन्त्रिपरिषद्‌मा सहभागी हुने दलको संख्या टुंगो लगाएर मात्र मन्त्रालय भागबन्डा गरिने भएको छ। 

सोमबार मात्र माओवादी केन्द्र, एमाले, रास्वपा र जसपा मिलेर बनेको नयाँ सत्ता गठबन्धनमा कम्तीमा ८ दल सहभागी हुने सम्भावना छ। 

त्यसैले सरकारमा सहभागी हुने दल निश्चित भएपछि मात्र मन्त्रालय बाँडफाँट गरिने प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले जानकारी दिए। 

सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्दै छ। त्यसअघि प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन विभिन्न दललाई आग्रह गरिरहेका छन्।

‘कुन कुन दल र कति दल सरकारमा सहभागी हुन्छन्, अनि मात्र मन्त्रालय बागबन्डा हुन्छ’, प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले मंगलबार बिहान नेपालखबरसँग भने, ‘माधवकुमार नेपालको दल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोसपा दलसँग एकसरो कुरा भएपछि मात्र भागबन्डाबारे छलफल हुनेछ। अझै तीन/चार दिन लाग्न सक्ने देखिन्छ।’

प्रधानमन्त्री प्रचण्डले सोमबार मात्र नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै एमाले, रास्वपा र जसपा साथमा लिएर नयाँ गठबन्धन बनाई मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन्। सोमबार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्। तर उनीहरूका मन्त्रालय तोक्न बाँकी नै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .