नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक समेत रहेका नेता रेशम चौधरीले सुदूरशपश्चिम प्रदेश सरकारमा पार्टीको समर्थन यथावत् रहेको बताएका छन्।
शनिबार बुटवलमा पत्रकारहरूसँग कुराका गर्दै नेता चौधरीले आफ्नो पार्टीबाट सरकारमा गएका मनत्रीहरू फिर्ता नहुने दाबी गरे।
साथै, चौधरीले प्रदेशका चार मन्त्रीलाई राम्रो काम गर्न समेत निर्देशन दिएका छन्।
लुम्बिनी प्रदेशमा पनि सरकारलाई दिएको समर्थन फिर्ता नहुने बताएका चौधरीले सरकारमा थप एकजनालाई राज्यमन्त्री पठाउने विषयमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग छलफल गर्ने सञ्चारकर्मीसँग बताए।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार राति मन्त्रिमण्डल विस्तार गर्दा नाउपा संसदीय दलका नेता घनश्याम चौधरी अन्य दुई सांसदका साथ मन्त्री बनाएका थिए।
नाउपाका घनश्यामलाई आर्थिक मामिला मन्त्री, खुसीराम चौधरीलाई बिनाविभागीय र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री बनाइएको छ।
नाउपाकै राज्यमन्त्री रहेका कैलाश चौधरीलाई भने फिर्ता बोलाइयो। उनले पार्टीभित्र कुनै छलफल नै नगरी मन्त्रीबाट हटाएको गुनासो गरेका छन्।
पार्टी अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ अहिलेको सरकारमा थपिने मन्त्रीलाई कारबाही गर्ने चेतावनी समेत दिएकी थिइन्।
निर्वाचन आयोगले रेशमलाल चौधरीलाई पार्टी अध्यक्षको मान्यता नदिएर श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई ब्युँताएको छ।
पुस २६ गते कैलालीको टीकापुरमा राष्ट्रिय महाअधिवेशनमार्फत चौधरीको नेतृत्वमा नाउपाको नयाँ कार्यसमिति गठन भएको थियो।
सत्ता फेरबदललगत्तै निर्वाचन आयोगले नाउपाको अध्यक्षमा रेशमलाल चौधरीलाई मान्यता नदिएर रञ्जिता श्रेष्ठलाई नै कायम गरेको थियो।
सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाउने विषयले नागरिक उन्मुक्ति पार्टी दुई धारमा बाँडिएको हो।
Shares
प्रतिक्रिया