सरकारले मधेस, गण्डकी र सुदुरपश्चिमका प्रदेश प्रमुखहरूलाई हटाउन राष्ट्रपतिकहाँ सिफारिस गरेको छ।
सोमबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले तीनवटा प्रदेशका प्रमुखलाई हटाउन राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गर्ने निर्णय गरे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुखका रुपमा रहेका थिए।
150
Shares
प्रतिक्रिया