सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।
मंगलबार बिहान साढे आठ बजेदेखि बैठक सुरु भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
यही वैशाख २८ गतेदेखि सुरु हुने संसद्को बजेट अधिवेशन, हालै इलाम २ मा भएको उपनिर्वाचनमा भएको पराजय, सरकारमा सहभागी मन्त्रीहरुको कामको समीक्षासहित देशको समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने रास्वपाले जनाएको छ।
संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेमाथि छानबिनको लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।
रास्वपाको आजको बैठकमा यस सम्बन्धमा पनि छलफल हुने सम्भावना छ।
45
Shares
प्रतिक्रिया