ad ad

राजनीति


रास्वपाको संगठन नहुँदा काठमाडौँ बाहेक अन्य जिल्लामा सहज छैन : स्वर्णिम वाग्ले

रास्वपाको संगठन नहुँदा काठमाडौँ बाहेक अन्य जिल्लामा सहज छैन : स्वर्णिम वाग्ले

नेपालखबर
असार १, २०८१ शनिबार १४:४३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महसुुस गरेको बताएका छन्। 

शनिबार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले पार्टी चलाउन संगठन चाहिने बताउँदै पुरानो पार्टीका भद्दा नक्कल गनै नहुने कुरामा सचेत रहेको पनि बताए।

‘पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छाँै। अब कार्यकर्ता नै चाहिँदैन, पिओरली मासबेस पार्टी हो भन्ने एउटा विचारधारा पनि नभएको होइन। यसैले यी दुई एक्स्ट्रिमका बीच हामीले मिडल पार्ट बनाउनु पर्नेछ। संगठन चाहिँदो रहेछ भन्नेकुरा, काठमाडौंमा अलि सजिलो होला। तर अन्य जिल्लाहरूमा त्यो हामीले देखिसक्यौँ। तनहुँमै देख्यौँ, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौँ। संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो।’ 

उनले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरू सचेत रहेको बताउँदै उनले पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उल्लेख गरे।

‘सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरू फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोल टोलमा, वडा वडामा साथीहरू नै भएनन्। मौन अवधिमा विज्ञप्ती निकाल्न नमिल्ने, भिडिओ वक्तव्य निकाल्न नमिल्ने, नेताहरूले भाषण गर्न नमिल्ने, त्यो अन्तिम घडीको अफवाहहरू चिर्न कार्यकर्ताहरू नै चाहिन्थ्यो। पातलो चुस्त संरचना हामीले कल्पना गर्नैपर्छ।’

उपसभापति वाग्लेले रास्वपा अभियानको रुपमा अब अघि बढ्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .