ad ad

राजनीति


मलेसियामा जीबी राईको लोकेसन पत्ता लगाइसकेका छौँ : गृहमन्त्री लामिछाने

मलेसियामा जीबी राईको लोकेसन पत्ता लगाइसकेका छौँ : गृहमन्त्री लामिछाने

फाइल तस्बिर


नेपालखबर
असार ६, २०८१ बिहिबार ११:३५, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका छन्। 

बिहीबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको र केही कुटनीतिक पहलमा ढिलाई भएको बताए। 

‘जीबी राई कहाँ छन् भन्ने हामीलाई थाहा भइसकेको छ। मलाई मलेसियाको गृहमन्त्रीले नै कन्फर्म गर्नुभएको छ,’ गृहमन्त्री लामिछानेले भने।

मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारणले उनलाई ल्याउन केही ढिलाई भएको लामिछानेले बताए।  

‘यो अनुसन्धानमा हामीले धेरै काम गरेर नजिक आएका छौँ। यो बीचमा दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ,’ रास्वपा सभापति समेत रहेका लामिछानेले भने, ‘आजभन्दा तीन चार दिन अगाडि पनि मेरो उहाँसँग कुरा भएको छ। हाम्रो सुपर्दुगी सन्धी नभएका कारणले अलिकति कुटनीतिक पहलमा समय लागेको छ। नजिक छौँ। दिनराज कोशिस गरिरहेका छौँ।’

गृहमन्त्री लामिछानेलाई सञ्चारकर्मीले गैंडाको तस्करमा संलग्न राजकुमार चेपाङलाई नेपाल ल्याउँदा जीबीलाई किन ल्याउन नसकिएको? भन्दै प्रश्न गरेका थिए। 

जवाफमा लामिछानेले भनेका छन्, ‘ठाउँ एउटै, व्यक्ति एउटै भएपनि विषय फरक हुन्छ। जुन ढंगले उहाँ बस्नुभएको होला, उहाँको लिगल स्टाटस लगायत दुई देशबीचका समझदारीका कारणहरू छन्।’

उनले थप प्रष्ट पार्दै भने, ‘तर, हामीले लोकेट गरिसकेका छौँ। हामी कोशिसमा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .