उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।
जसपाको हालै सम्पन्न महाधिवेशनपछि नव गठित केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो।
बैठक यही साउन २७, २८, २९ र ३० गते बस्ने जसपा केन्द्रीय कार्यालयले जनाएको छ।
उक्त बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नु पर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध लगायतका विषयहरूमा अभिमुखीकरणका साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रम लगायतका विषयहरुमा छलफल गरिने अध्यक्ष उपेन्द्र यादवले जनाएका छन्।
120
Shares
प्रतिक्रिया