ad ad

राजनीति


सौर्य एयरलाइन्सले भन्यो– यात्रु बिमाको प्रक्रिया अघि बढिसकेको छ

सौर्य एयरलाइन्सले भन्यो– यात्रु बिमाको प्रक्रिया अघि बढिसकेको छ

नेपालखबर
साउन १३, २०८१ आइतबार १९:१७, काठमाडौँ

सौर्य एयरलाइन्स प्रालिले गत साउन ९ गते त्रिभुवन विमानस्थलमा भएको दुर्घटनाका यात्रु बिमाको प्रक्रिया अघि बढिसकेको बताएको छ। 

आइतबार सौर्य एयरलाइन्सका अध्यक्ष दीपक कुमार पोखरेलले विज्ञप्ति जारी गर्दै मृतकका परिवारले पाउने बिमाको सबै प्रक्रिया अघि बढाइएको र त्यसबाहेक नेपाल सरकारले नियमानुसार प्राप्त गर्ने सबै सुविधा उपलब्ध गराउने कुरामा प्रतिवद्ध रहेको बताएका छन्। 

‘यात्रामा सवार भै दिवंगत हुनुभएका सम्पूर्ण सदस्यहरुले प्राप्त गर्ने यात्रु विमाको सम्पूर्ण प्रक्रिया अगाडि बढाइसकेका छौं। त्यसवाहेक नेपाल सरकारको नियमानुसार प्राप्त गर्ने सम्पूर्ण सुविधा उपलब्ध गराउने कुरामा प्रतिवद्ध छौं,’ विज्ञप्तिमा भनिएको छ। 

त्यस्तै, अब छिट्टै नै नियमित उडान मार्फत पुनः यात्रुसँग जोडिने पनि विज्ञप्तिमा उल्लेख छ।

‘हाम्रा एयरलाइन्सका सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोवलका साथ यात्र महानुभावहरुको सुरक्षा र सेवाप्रति अझै मजबुत भएर अगाडि बढ्न आग्रह गर्दछौ हामी हाम्रा यात्रुहरुलाई सुरक्षित, आरामदायी र भरपर्दो सेवा प्रदान गर्ने हेतुले निरन्तर सुधार र सतर्कता अपनाउदै आगामी दिनहरुमा सबैको विश्वास, सहयोग र समर्थन प्राप्त गर्ने अपेक्षा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। 

साउन ९ गते नियमित प्राविधिक परीक्षणका लागि पोखरा उडेको सौर्य एयरलाइन्सको विमान केही सेकेन्डमै त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।

सो विमानमा अधिकांश कम्पनीकै प्राविधिक कर्मचारी रहेका थिए। दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने पाइलट मनीष शाक्य गम्भीर घाइते भएका छन्।

मृतकका परिवारले शव बुझिसकेको र एक विदेशी नागरिकको शव बुझाउने प्रक्रिया बाँकी रहेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

पाइलट शाक्यको हाल उपचार जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .