ad ad

राजनीति


९ महिनाभित्र संसद् भवन निर्माणको काम सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

९ महिनाभित्र संसद् भवन निर्माणको काम सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

नेपालखबर
साउन १५, २०८१ मंगलबार १२:२०, काठमाडौँ

उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणको गति सुस्त देखिएको भन्दै चासो व्यक्त गरेका छन्। 

काम गति सुस्त भएको गुनासोपछि आज (मंगलबार) निरीक्षणमा पुगेका उपप्रधानमन्त्री सिंहले सिफ्ट बढाएर भएपनि बाँकी रहेको ९ महिनाको समयावधिभित्र काम सक्न निर्देशन दिएका छन्। 

त्यसका लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो। 

भिडिओ

‘समयमा भवन निर्माणको काम सम्पन्न गर्न के समस्या छ? मन्त्रालयले के सहजीकरण गर्नुपर्छ? मन्त्रालय तयार छ। काम छिटो हुनुप¥यो। दोहोरो, तेहरो सिफ्टमा काम गरेर भएपनि बाँकी रहेको समयावधि ९ महिनामा बाँकी रहेको सबै काम काम सक्नुपर्यो,’ उपप्रधानमन्त्री सिंहले निरीक्षणपछि भने, ‘सयमा सबै काम सकियोस्। आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्न पाए राम्रो हुन्थ्यो।’

तर, कन्ट्र्याक्ट अवधिभित्र काम सक्नेगरी कन्ट्राक्टरले काम गरेको नपाइएको भन्दै मन्त्री सिंहले असन्तुष्टि जनाउँदै तत्काल कामको तिव्रता बढाउन निर्देशन दिएका छन्।

निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको देखिएको छैन।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले कम्तिमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिइए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए। 

प्रतिदिन ७ सय जनाले काम गर्नुपर्नेमा एक डेढ सयले काम गरेपछि अब त्यसलाई पूर्ति गर्न कामदार बढाएर काम गर्नुपर्ने भन्दै उनले भने, ‘श्रमिकको संख्या पुगेन। कन्ट्राक्टरलाई अहिलेसम्म काममा भइरहेको ढिलाई कसरी पूर्ति गर्नुहुन्छ भनेर हामी छलफल गरिररहेका छौं।’

सिंहदरबार परिसरमा संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य भवन निर्माणको काम भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .