रूपन्देहीको तिलोत्तमामा पाँच जनाको सामूहिक हत्याकाण्ड सेलाउन नपाउँदै अर्काे हत्या भएको छ।
जिल्लाको कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा मंगलबार राति बाबुले आफ्नै छोराको हत्या गरेका हुन्।
राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले राति १ः३० बजे छोरा १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरेका हुन्।
गम्भीर घाइते अवस्थामा उनलाई लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल) लगिएको थियो। तर उपचारका क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (रूपन्देही)का प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।
अभियुक्त रिमबहादुरलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य परीक्षणका लागि ल्याइएको छ। अभियुक्त ४८ वर्षीय रिमबहादुर अत्यधिक मादक पदार्थ सेवन गर्ने र सोही कारणले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
याे पनि: रूपन्देहीमा ५ जनाको हत्या अपडेट: ४ पुरुष र १ महिलाकाे शवछेउमा भेटियाे रगत लागेकाे फरुवा
प्रतिक्रिया