ad ad

राजनीति


नेपालकाे नयाँ नक्सा निशान छापमा राख्न आज राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक पारित गरिँदै

नेपालकाे नयाँ नक्सा निशान छापमा राख्न आज राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक पारित गरिँदै

नेपालखबर
असार ४, २०७७ बिहिबार ३:३२,

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक-लिम्पियाधुरा समेटेर बनाइएको नयाँ नक्सा निशान छापमा पनि राख्न प्रतिनिधिसभाबाट पारित संविधान संशोधन विधेयक आज (बिहीबार) राष्ट्रियसभाबाट पनि पारित गरिँदै छ।

त्यसका लागि आज अपराह्न ४ बजे राष्ट्रियसभाको बैठक बस्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जेठ ३२ गते आइतबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोश्रो संशोधन) विधेयक, २०७७’ लाई सभा समक्ष पेश गरेपछि यसबारे छलफल भएको थियो। त्यस दिन सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिइएको थियो।

याे पनि: राष्ट्रियसभाबाट संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

त्यस दिन सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिइएको थियो।

त्यो समय सकिएकाले आज विधेयक राष्ट्रियसभाले पारित गर्ने तयारी गरेको हो। विधेयक राष्ट्रियसभाले पनि दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 

याे पनि: शनिबार पारित संविधान संशोधन विधेयक राष्ट्रिय सभामा पेश गरियाे, कार्यान्वयनमा आउन पुरा गर्नुपर्नेछ यी १२ प्रक्रिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .