ad ad

राजनीति


बाढी पहिरो पीडितलाई कांग्रेस सांसदकाे ५ दिनको तलब

बाढी पहिरो पीडितलाई कांग्रेस सांसदकाे ५ दिनको तलब

नेपालखबर
असार ३०, २०७६ सोमबार ११:३०,

नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुवानबाट पीडित नागरिकहरुको सहयोगका लागि पाँच दिनको तलब दिने भएका छन्।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गर्दै संघीय संसदमा रहेका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने जानकारी दिएका हुन्।

यस्तै, उनले विपद् व्यवस्थापनबारे संसदमा छलफल हुनुपर्नेमा संसद बैठक नै स्थगित गरिएको प्रति गम्भीर आपत्ति जनाएका छन्।

संसदको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउँदा सत्तापक्ष सकारात्मक नभएको भन्दै नेता खाँडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .