ad ad

राजनीति


यसरी रोजेका थिए सामा गाउँवासीले नेपाल र रुही गाउँवासीले चीन (भिडियाे)

यसरी रोजेका थिए सामा गाउँवासीले नेपाल र रुही गाउँवासीले चीन (भिडियाे)

नेपालखबर
असार १५, २०७७ सोमबार १०:७,

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गोरखा जिल्लाको उत्तरी सीमामा पर्ने सामा गाउँलाई नेपाल र रुही गाउँलाई चीनतर्फ आपसी सहमतिमा मिलाइएको बताएका छन्।

उनले सोमबार संसदमा उठेका प्रश्नको जवाफ दिनेक्रममा सो जानकारी गराएका हुन्।

उनले ती गाउँबारे दुई देशबीच कुनै विवाद नरहेको र त्यसका कारण त्यहाँ कुनै कानुनी झमेला पनि नरहेको बताएका छन्।

परराष्ट्र मन्त्री ज्ञवालीले सोमबार राष्ट्रिय सभामा दिएको जवाफ उनकै शब्दमाः

सामा गाउँ र रुही गाउँमा सीमा व्यवस्थापन नहुँदै परम्परादेखि नै लेकबेसीको अभ्यास जारी थियो। चरिचरनका लागि कहिले यताका भेंडाहरु लिएर उता त कहिले उताका भेँडा लिएर यता आउने चलन थियो।

खर्क पनि कहिले यता त कहिले उता राख्ने र दुवैतिर लेनदेन कारोबार गर्ने चलन चलिरहेको स्थिति थियो।

सीमा छुट्याउने कुरा भएपछि दुवै देशले सहमतिका आधारमा सीमा स्तम्भ राख्ने ठाउँ टुंगो लगाइयो। त्यतिबेला रहेका करिब १ सय १० घरकुरियालाई अब यो सीमा यहाँ हुनेभो भनियो।

उहाँहरुलाई यहाँबाट उता चीन र यता नेपाल पर्‍यो तपाईहरु कतातिर रहने हो, तपाईहरुले आफ्नो ठाउँ रोज्नुस् भनियो।

करिब ६० कुरियाले उता रुही गाउँतिर र करिब ४० कुरियाले यता सामा गाउँतिर रहनेगरी उहाँहरुले स्वेच्छिक ढंगले आफ्नो बसोबास रोज्नुभयो।

तर, पहिलेदेखि रहेका भोगचलनका कागजातहरु कायमै रहे। त्यसले खास ठूलो कानुनी झमेला पनि भएन। अहिले पनि त्यहाँ आवतजावत चलि नै रहन्छन्।

त्यहाँ जबर्जस्ती अतिक्रमण भएको होइन। स्वेच्छाले नै उहाँहरुलाई सीमा तोकेपछि तपाईहरु कतातिर बस्ने भनी तोकेर सुल्झाएको अवस्था हो। यहि जानकारी म यो सदनलाई गराउँछु।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .