प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफ (अती भो) नामक समुहका अनसनकारीलाई ह्याम्स अस्पतालमा पुगेर उनीहरुकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
‘सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको उल्लेख गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
कोभिड–१९ संक्रमणको प्रभावकारी र पारदर्शीरुपमा नियन्त्रण गर्नुपर्ने माग राख्दै युवाहरुले प्रदर्शन गर्दै आएका छन्।
तीमध्ये पुकार बम, इशान (ई), सुदन गुरुङ र सुबानी सिजापती शुक्रबारदेखि ललितपुरको पाटन कृष्णमन्दिर नजिकै अनसनमा बसेका हुन्।
अनसनकारीहरुको स्वास्थ्य अवस्था कमजोर भएपछि बिहीबार उनीहरुलाई अस्पताल लगिएको हो।
याे पनि: सत्याग्रही ईः को स्वास्थ्यमा समस्या, अस्पताल लगियो (फोटो फिचर)
6
Shares
प्रतिक्रिया