हालैमात्र फिलिपिन्सले आफ्ना जहाजहरुले दक्षिण चीन सागरमा गस्ती गरिरहेको बताउँदै आफ्ना जहाजमा चीनले आक्रमण गरे आफूले अमेरिकासँग सहयोग माग्ने बताएको थियो।
यस सागर विवादित मानिन्छ। चीनले यस जलक्षेत्र आफ्नो भएको दाबी गरिरहँदा फिलिपिन्स लगायत अन्य मूलुकले पनि यस क्षेत्र आफ्नो भएको बताउँछन्।
दक्षिण चीन सागरमा चिनियाँ पक्षले अवैधानिक रुपमा मानवनिर्मित टापु खडा गरेकाले फिलिपिन्सले चिनियाँ कम्पनीसँगको सम्झौताहरु विरोध स्वरुप त्याग्नुपर्ने फिलिपिन्सका विदेश सचिवले बताएका थिए।
राष्ट्रपति रोड्रिगो डुटेर्तेले आफ्ना विदेश सचिवको आग्रहलाई अस्वीकार गर्दै चिनियाँ कम्पनीसँगको सम्झौता नत्याग्ने बताएका छन्।
डुटेर्तेले चिनियाँ कम्पनीसँगको सम्झौता नत्याग्ने बताएपछि मनिलास्थित चिनियाँ राजदूत हुवाङ छिलियनले डुटेर्तेको प्रशंसा गरेका छन्। उनले चीन र फिलिपिन्सबीचको सम्बन्ध आपसी सम्मान, सद्भाव र आपसी लाभमा आधारित रहेको बताए।
डुटेर्तेले अमेरिकालेजस्तो चिनियाँ कम्पनीमा प्रतिबन्ध नलगाउने पनि बताएको एससीएमपीले जनाएको छ।
प्रतिक्रिया