ad ad

समाज


कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ११:०,

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। मृतकमध्ये नौ जना पुरुष र एक महिला छन्।

यससँगै मृतकको संख्या ६०० पुगेको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

डा. गौतमका अनुसार झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५२ र ६८ वर्षीय पुरुषहरु, काठमाडौंमा ८७ वर्षीय महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४ वर्षीय पुरुष तथा रुपन्देहीमा ४७ र ८४ वर्षीय दुई पुरुषको कोरोनाका कारण ज्यान गएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .