ad ad

राजनीति


सरकार–विप्लव नेकपा सहमतिप्रति भीम रावलको प्रतिक्रिया

सरकार–विप्लव नेकपा सहमतिप्रति भीम रावलको प्रतिक्रिया

नेपालखबर
फागुन २२, २०७७ शनिबार ०:४३,

सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिप्रति प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेता भीम रावलले स्वागत व्यक्त गरेका छन्।

विप्लव नेकपा शान्तिपूर्ण मार्गमा आउनु र राष्ट्रिय हितलाई केन्द्रमा राख्नु खुसीको कुरा भएको नेकपा (प्रचण्ड–नेपाल समूह) का स्थायी कमिटी सदस्य रावलले बताएका हुन्।

पूर्वगृहमन्त्रीसमेत रहेका रावलले विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भई सहमतिपत्रमा हस्ताक्षर गरेका दिन शुक्रबार राति सामाजिक सञ्जालमार्फत यसले जनताको दीर्घकालीन हित गरोस् भन्ने शुभकामना पनि दिएका छन्।

‘नेकपा (विप्लव) शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य छ। सरकार र नेकपा (विप्लव) बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्,’ रावलले लेखेका छन्, ‘शान्ति प्रक्रियाको एक हिस्सा बनेर दिगो होस्। यसमा योगदान गर्ने सबैलाई धन्यवाद।’

याे पनि : 

विप्लवनिकट जनपत्रकार संगठनका निवर्तमान अध्यक्ष भन्छन्: सहमतिमा संसदीय व्यवस्था अंगीकार गरियो भनिएजस्तो लाग्दैन

सहमतिपत्रमा हस्ताक्षर गरिसकेपछि विप्लवले के के भने? (पूर्ण पाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .