ad ad

राजनीति


भाजपाका वृद्ध कार्यकर्ताले पार्टी कार्यालयमै युवतीको यौन शोषण गरेको भिडिओ भाइरल !

भाजपाका वृद्ध कार्यकर्ताले पार्टी कार्यालयमै युवतीको यौन शोषण गरेको भिडिओ भाइरल !

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ९:२४,

भारतीय राज्य मध्यप्रदेशको राजधानी भोपालस्थित भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा एक युवतीलाई यौन शोषण गरिएको घटना सार्वजनिक भएको छ। त्यसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि विपक्षी पार्टी भारतीय कांग्रेसले घटनाको छानबिन हुनुपर्ने माग गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भिडिओमा एक वृद्ध कार्यकर्ताले युवतीसँग जबर्जस्ती घृणित कार्य गरेको देखिएको छ। यसपछि पीडित युवतीले त्यसको भिडिओ बनाएर सामाजिक सञ्जालमा सेयर गरिन्।

भाइरल भिडिओमा ती युवतीले आफूसँग हर्कत गर्ने व्यक्ति २४ घण्टामध्ये १८ घण्टा आफ्नो संगठनबारे सोच्ने भाजपाका कार्यकर्ता भएको बताएकी छन्।

युवतीका अनुसार संगठनबारे जानकारी लिन तथा पढ्न भनेर उनी पार्टीको कार्यालयस्थित नानाजी देशमुख पुस्तकालय जाने गर्थिन्। त्यस क्रममा गत मार्च १२ का दिन पुस्तकालयमा एक जना वृद्ध कार्यकर्ताले आफूलाई अभद्र व्यवहार गरेको र साथमा गएकी युवती साथीलाई पनि उनले गलत व्यवहार गरेको युवतीले बताएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यस्तो दृश्यको भिडिओ भाइरल भएपछि आफूले पनि घटनाबारे जानकारी पाएको भाजपाका प्रदेश महामन्त्री भगवानदास सबनानीले बताएका छन्। उनले भनेका छन्, ‘घटनालाई गम्भीर रूपमा लिएका छौं र यसको सत्यतथ्य पत्ता लगाउँछौं।’

उता विपक्षी पार्टी कांग्रेसले भाजपा पार्टीप्रति नै प्रश्न उठाएको छ। कांग्रेसका प्रवक्ता सैय्यद जाफरले चरित्रको घमण्ड गर्ने भाजपा कार्यालयमा किन त्यस्तो हर्कत भयो भनेर प्रश्न गरेका छन्। कांग्रेसका प्रदेश अध्यक्षका प्रेस संयोजक नरेन्द्र सलुजाले पनि घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।

vajapavo

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .