ad ad

राजनीति


चीन–बेलायतबीच बढ्यो टक्कर, एकअर्काविरुद्ध प्रतिबन्ध र चेतावनी

चीन–बेलायतबीच बढ्यो टक्कर, एकअर्काविरुद्ध प्रतिबन्ध र चेतावनी

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ५:३,

बेलायतले आफ्ना केही नागरिकलाई प्रतिबन्ध लगाएकोप्रति चीनले विरोध जनाएको छ।

चीनको सिनजियाङ प्रान्तमा उइगर मुसलमानको मानव अधिकार उल्लंघन गरेको आरोप लगाउँदै बेलायतले केही चिनियाँ नागरिकलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको हो।

चीनको विदेश मन्त्रालयलका प्रवक्ताले शुक्रबार (आज) प्रेस वक्तव्य जारी गर्दै बेलायतले मानव अधिकारका नाममा आफ्ना नागरिकलाई एकतर्फी रूपमा प्रतिबन्ध लगाएको आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ : बेलायतको कदम झुट र गलत जानकारीमा आधारित छ। यो अन्तर्राष्ट्रिय कानुन र सम्बन्धका प्रावधानविपरीत छ। यो कदमले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ र बेलायत–चीन सम्बन्धलाई पूरै असर पार्ने खालको छ।’

chinabigya

यस विषयमा छलफल गर्न चीनको विदेश मन्त्रालयले आफ्नो देशस्थित बेलायती राजदूतलाई निमन्त्रणा गरेको छ।

साथै चीनले जवाफी कारबाहीस्वरूप बेलायती नागरिक, उनीहरूका परिवार र बेलायतसँग सम्बन्धित संगठनलाई प्रतिबन्ध लगाएको छ। प्रतिबन्धित बेलायती नागरिकको सम्पत्ति फ्रिज गरिदिने चीनले चेतावनी दिएको छ।

चीनले भनेको छ : चीन आफ्नो राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास हित रक्षाका लागि प्रतिबद्ध छ र बेलायतलाई गलत बाटोमा नजान चेतावनी दिन्छ। यदि त्यस्तो भयो भने चीनले अगाडि अझै कारबाही गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .