ad ad

राजनीति


कांग्रेसले बुधबार दोस्रो चरणको जागरण अभियान घोषणा गर्ने

कांग्रेसले बुधबार दोस्रो चरणको जागरण अभियान घोषणा गर्ने

नेपालखबर
भदौ १७, २०७६ मंगलबार १२:२४,

नेपाली कांग्रेसले बुधबार पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समितिले आवश्यक निर्णय लिने र बुधबार अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत सो कार्यक्रमको घोषणा गर्ने जानकारी दिएका हुन्। मंगलबार जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको म्याद सकिएका केन्द्रीय भ्रातृ संगठनहरुको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने विषयमा पनि छलफल जारी छ।

त्यसैगरी विदेशस्थित ३५ वटा जनसम्पर्क समितिहरुको पनि म्याद थप गर्ने विषयमा पनि केन्द्रीय कार्यसमितिले आजै टुंगो लगाउने कांग्रेसले जनाएको छ।

केन्द्रीय कार्यसमितिको बैठक आजै सक्याउने कांग्रेसको योजना छ। प्रवक्ता शर्माले पार्टी केन्द्रीय कार्यसमितिको बैठक आजै सकिने र भोलि अपराह्न ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको निर्णय सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको पनि बताए। कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टीको विधानलगायतका १४ बुँदे एजेन्डामाथि छलफल तय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .