ad ad

राजनीति


महिला र बालहिंसामा शून्य सहनशीलता अपनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

महिला र बालहिंसामा शून्य सहनशीलता अपनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ८:१७,

 गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालबालिका विरुद्धका हिंसामा शून्य शहनशीलता अपनाई कारबाही अघि बढाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

६४ औ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले आर्थिक अनियमिता तथा महिला र बालबालिका विरुद्धका हिंसाका घटनामा संलग्न तत्वलाई निस्तेज पार्न निर्देशन दिएका हुन्। उनले नाम उल्लेख नगरिकनै ‘जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने त्यस्ता क्रियाकलाप क्षम्य नहुने पनि स्पष्ट पारे।

‘आर्थिक अनियमितता, महिला तथा बालबालिमामाथि हुने हिंसा विरुद्धको हरेक क्रियाकलाप विरुद्ध शून्य शहनीलता अपनाई आपराधिक तत्वलाई निस्तेज पार्न डटेर काम गर्न सम्पुर्ण प्रहरी कर्मचारीलाई निर्देशन गर्न चाहन्छु’, उनले भने, ‘जनताको भरोसा र विश्वास बोकेको कानून कार्यान्वयन गर्ने संगठनको सदस्यबाट नै कानून उल्लंघन भएको र आर्थिक अनियमिता गरेको कार्य कदापि क्षम्य हुँदैन। त्यस्तालाई कारबाही गर्न कुनै हिचकिचाहट हुने छैन।’

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि कसुरको अनुसन्धान प्रक्रियालाई अनुमान र आमरायले प्रभाव पार्न नहुने बताए। कसुरको शीघ्र अनुसन्धान गरि संलग्न दोषी छिट्ै पक्राउ परोस् भन्ने आमअपेक्षा हुनु स्वभाविक भए पनि अनुसन्धान विज्ञान भएकाले समय लाग्ने उल्लेख गर्दै उनले प्रहरीको अनुसन्धान प्रक्रियालाई आमराय र अनुमानले प्रभाव पार्न नहुने बताएका हुन्।

उनले लागु औषध, मानववेचविखन, विद्युतिय कसुर, अबैध हातहतियार ओसार पसार र तस्करी नै अपराधका मुख्य चुनौति भएको र त्यस्ता अपराधका सञ्जालहरु अन्तरदेशीय सम्पर्कमा विस्तार हुँदै गएको उल्लेख गरे। उनले त्यस्ता अपराधको प्रभावकारी अनुसन्धानका लागि प्रहरी संगठनको क्षमता विस्तारको साथै आवश्यक साधन स्रोतको उपलब्धता अत्यावश्यक रहेको बताए।

 

कार्यक्रममा कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका ४३ जना प्रहरीलाई अमर प्रहरी घोषणा गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .