ad ad

राजनीति


कांग्रेस तनहुँले भन्यो : उपनिर्वाचनको नतिजा अनपेक्षित आयो, समीक्षा गर्छौँ

कांग्रेस तनहुँले भन्यो : उपनिर्वाचनको नतिजा अनपेक्षित आयो, समीक्षा गर्छौँ

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १७:२, काठमाडौँ

नेपाली कांग्रेस तनहुँले उपनिर्वाचनको नतिजालाई अनपेक्षित भनेको छ। 

मंसिर ४ को निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएको क्षेत्र गुमाउने अवस्था आएपछि कांग्रेसले यस्तो भनेको हो। 

क्षेत्र नम्बर १ मा जारी मतगणनामा सुरुवातबाटै राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पछि परेपछि कांग्रेस तनहुँले नतिजालाई अनपेक्षित मत परिणाम भनेको हो। 

नेपालखबरसँगको टेलिफोन कुराकानीमा जिल्ला सभापति जितप्रकाश आलेले तनहुँ–१ को मतपरिणाम कल्पनाभन्दा बाहिरको आएको प्रतिक्रिया दिएका छन्। 

‘अनएक्सपेक्टेड रिजल्ट (अनपेक्षित नतिजा) आयो,’ उनले भने। 

सभापति आलेले चुनावी परिणामको समीक्षा गरिने पनि बताएका छन्। उनले भने, ‘हामी यसको समीक्षा गर्छौँ।’ 

तनहुँ १ मा आइतबार रातिबाट मतगणना जारी छ। क्षेत्र नम्बर १ मा पर्ने कुल ४२ वडामध्ये २४ वडाको मत गणना सम्पन्न भइसकेको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपरान्ह ४ बजेपछि सार्वजनिक गरेको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले झण्डै १८ हजार मतसहित अगाडि छन्। 

१७ हजार ९०२ मतसहित अगाडि रहेको वाग्लेलाई कांग्रेस उम्मेदवार गोविन्द भट्टराई १० हजार २२८ मतसहित पछ्याइरहेका छन्। 

यहाँ नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले अहिलेसम्म ५८७ मत ल्याएका छन्। 

गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट तनहुँ १ मा निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो।

उपनिर्वाचनका लागि पार्टी परित्याग गरेर अर्थविद् वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि कांग्रेस दबाबमा परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .