ad ad

राजनीति


आधा कार्यकाल नपाएसम्म माओवादी प्रदेश १ सरकारमा नजाने

मुख्यमन्त्री कार्कीलाई मन्त्रिमण्डल गठनमा समस्या
आधा कार्यकाल नपाएसम्म माओवादी प्रदेश १ सरकारमा नजाने

माओवादी प्रदेश १ संसदीय दलको बैठक। तस्बिर : ध्रुव भट्टराई/नेपालखबर


नेपालखबर
पुस २५, २०७९ सोमबार १४:२९, विराटनगर

नेकपा माओवादी केन्द्र संसदीय दलले प्रदेश १ को सरकारको आलोपालो नेतृत्वको सहमति नभएसम्म सरकारमा नजाने निर्णय गरेको छ।

सोमबार बसेको दलको बैठकले केन्द्रमा ५ वर्ष पूरा कार्यकाल एमालेले सरकारको नेतृत्व गर्ने विषय नसच्याएसम्म सरकारमा सामेल नहुने निर्णय भएको प्रदेश सभा सदस्य गणेश उप्रेतीले बताए।

 केन्द्रमा बनेको गठबन्धनअनुसार आइतबारमात्र माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा प्रदेशमा एमालेका नेता हिक्मत कार्की प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

उनले सोमबार सानो मन्त्रिमण्डल गठनको तयारी समेत गरेका छन।

मुख्यमन्त्री कार्कीले माओवादी सरकारमा सहभागी नहुने भएसँगै सत्ता गठबन्धनभित्रका अन्य घटकको सहभागितमा सरकार गठनको तयारी गरेका छन्। 

सोमबार हुने भनिएको मन्त्रिपरिषद् विस्तारमा एमालेबाट २, माओवादीबाट १ र राप्रपाबाट १ जना मन्त्री रहने तयारी थियो। 

माओवादी केन्द्र दुर्गा प्रसाद चापागाईंको नेतृत्वमा सरकारमा जाने तयारी थियो।

यसअघि एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको बताइएको थियो। केन्द्रको सहमति अनुसार सभामुख माओवादी  र उपसभामुख एमालेको भागमा परेको छ।

प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा कार्की प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .