मधेस प्रदेशका स्वतन्त्र सांसद प्रमोद जयसवालले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गरेका छन्।
बारा क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद जयसवालले शनिबार विज्ञप्ति जारी गरी सत्ता गठबन्धनले सघाएका यादवलाई समर्थन गरेका हुन्।
उनले उम्मेदवार यादवलाई मतदान गर्न बारा २ का जनतासँग अपिल समेत गरेका छन्।
यादवले मधेश आन्दोलनको नेतृत्व गरी मधेसका सवालहरू सम्बोधन गराउन र देशमा संघीयता लागु गर्न योगदान गरेको जयसवालले बताएका छन्।
42
Shares
प्रतिक्रिया