ad ad

राजनीति


बारा २ मा उपेन्द्रलाई उछिने जनमतका शिवचन्द्रले

बारा २ मा उपेन्द्रलाई उछिने जनमतका शिवचन्द्रले

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १५:५१, बारा

बारा क्षेत्र नम्बर २ को सुरूवाती रुझानमा अगाडि देखिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पछि पर्न थालेका छन्। 

कलैयामा भइरहेको मतगणनाको मत परिणामअनुसार जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६२८ मतसहित अग्रता कायम गरेका छन्। 

सत्ता गठबन्धनको साथ लिएर जसपाका उम्मेदवार यादव अहिले ५७ मतले पछाडि परेका छन्। उनले ताजा अवस्थामा ५ सय ७१ मत ल्याएका छन्। 

त्यहाँ नेकपा एमालेका पुरुषोत्तम पौडेल ५१० मतसहित तेस्रो स्थानमा छन्। अर्कातिर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २३६ मत ल्याएका छन्। 

त्यहाँ करैयामाई गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ बाट मतगणना थालिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .