ad ad

समाज


दक्षिण कोरियामा ६ महिनायताकै धेरै संक्रमित थपिए, चौथौ लहरको त्रास

दक्षिण कोरियामा ६ महिनायताकै धेरै संक्रमित थपिए, चौथौ लहरको त्रास

(फाइल तस्बिर)


नेपालखबर
असार २३, २०७८ बुधबार १४:४२,

दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहरु फेरि बढ्न थालेका छन्।

कोरियामा केही दिनयता कोभिडका संक्रमितहरु बढ्न थालेपछि यहाँ कोभिडको चौथो रहर आउन सक्ने अनुमान गरिएको छ।

यहाँ अबका केही दिनमा गर्मी मौसमको विदा सुरु हुँदै छ। यही विदाको पूर्व सन्ध्यामा यहाँ कोभिडका संक्रमितहरु बढ्न थालेपछि चौथो लहर आउन सक्ने त्रास बढेको बताइएको छ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ गएको २४ घन्टामा १ हजार २१२ जना सङ्क्रमित पाइएका छन्। योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६२ हजार ७५३ जना पुगेको छ।

यहाँका स्वास्थ्य अधिकारीहरुले गएको छ महिनापछि यहाँ यति धेरै संख्यामा सङ्क्रमित भेटिएको बताएका छन्।

यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ।

मङ्गलबार देखिएको १ हजार २१२ जना संक्रमितको संख्या पनि धेरै पछि देखिएको ठूलो संख्या हो।

तर पनि अघिल्ला दिनहरुमा यहाँ ७०० भन्दा केही धेरै मात्र संख्याका सङ्क्रमित भेटिएका थिए। त्यसमा बृद्धि भएर मङ्गलबार मात्र अकस्मात यति धेरै संख्यामा संक्रमितहरु पाइएको हो।

यहाँ मृत्यु हुनेको संख्या भने थोरै रहेको छ। बुधबार देखिएका यी सङ्क्रमितहरुमा करिब ६०० जति राजधानी सोलकै रहेका पाइएको छ।

यसकारण पनि धेरैपछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा अर्को वेभको त्रास बढेको समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .