यस वर्षको दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार वरिष्ठ मानवअधिकारवादी नेता डाक्टर गौरीशंकरलाल दासलाई प्रदान गरिएको छ।
शनिबार राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिकारकर्मी दासलाई दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार प्रदान गरेका हुन्।
हरेक वर्ष मानव अधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वलाई आयोगले उक्त पुरस्कार दिने गरेको छ।
मानव अधिकारको मूल मन्त्र मर्यादा, स्वतन्त्रता, न्याय र समानता तथा लोकतन्त्रका खातिर भएको २०६२/६३ को जनआन्दोलनमा राष्ट्रिय मानव अधिकार आयोग जनकपुरमा अनुगमनकै सिलसिलामा दयाराम परियारको सहादत भएको थियो।
पुरस्कारको राशि एक लाख रुपैयाँ छ।
45
Shares
प्रतिक्रिया