ad ad

समाज


चैत ७ मा नर्भिकको विशेष कार्यक्रम, सुगर जाँच पनि निःशुल्क

चैत ७ मा नर्भिकको विशेष कार्यक्रम, सुगर जाँच पनि निःशुल्क

नेपालखबर
फागुन २९, २०७९ सोमबार १९:४, काठमाडौँ

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ। 

अस्पतालले आगामी चैत ७ गते मधुमेहका बिरामीलक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो। 

नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ। 

दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ। 

सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. कामक्क्षा शाहले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउनेछिन्। 

एक महिनाअघि पनि अस्पतालले मधुमेहका बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम आयोजना गरेको थियो। 

सो कार्यक्रममा सर्वसाधारणको उत्साहजनक सहभागिता थियो। त्यस्तै कार्यक्रम पुनः गर्नुपर्ने माग आएपछि त्यसलाई सम्बोधन गर्न चैत ७ गते अर्को जनचेतनामूलक कार्यक्रम राखिएको अस्पतालले जनाएको छ। 

अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ। चाँडपर्व, उत्सव तथा विशेष अवसरहरुमा अस्पतालले विभिन्न हेल्थ प्याकेज तथा स्किमहरु सार्वजनिक गर्दै भारी छुटमा अस्पतालको सेवा लिन सकिने अफरहरु समेत सार्वजनिक गर्दै आएको छ। 

विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .