ad ad

समाज


अझै होसमा आएनन् रविका गाडी चालक

अझै होसमा आएनन् रविका गाडी चालक

फाइल तस्बिर : गाडी चालक दिलबहादुर थापा


नेपालखबर
बैशाख ५, २०८० मंगलबार ९:२६, काठमाडौँ

शंकास्पद रूपमा तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’को स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ। 

चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका–११ स्थित घरको छतबाट खसेर गम्भीर घाइते भएपछि उनलाई पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ। 

गम्भीर चोट लागेकाले उनको टाउकाको शल्यक्रिया हिजो नै गरिएको छ। अहिले पनि थापा भेन्टिलेटरमै रहेको उपचारमा संलग्न चिकित्सक डा. सुदीपराज केसीले जानकारी दिए। 

‘उँहा अझै पनि होसमा आउन सक्नुभएको छैन’, डा. केसीले मंगलबार बिहान नेपालखबरसँग भने ‘अहिले नै केही भनिहाल्न सक्ने अवस्था छैन। अस्पताल ल्याउँदा भन्दा स्वास्थ्यमा केही सुधार आए पनि अवस्था क्रिटिकल (गम्भीर) नै छ, स्वास्थ्य स्टेबल (स्थिर) नै छ।’

थापाले आज बिहान पिसाब फेरेपछि स्वास्थ्यमा केही सुधार आउने अपेक्षा गरिएको डा. केसीले बताए। 

उनी तीनतले घरको छतबाट कसरी खसे भन्ने विषयमा अनुसन्धान जारी छ। घटना अनुसन्धानका लागि रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुप्रसाद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक दिलबहादुर थापा ‘शम्भु’ उनीसँगै सुतेका थिए। 

चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका रवि चुनावी अभियानमा रहेका बेला उक्त घटना भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .