आज (बुधबार) देशका पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। यस क्रममा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पनि पहाडी क्षेत्रकै एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ।
तुवाँलो लाग्ने क्रम जारी
महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज पनि काठमाडौँ उपत्यकालगायत देशका केही स्थानमा तुवाँलो लागिरेहेको छ। अहिले काठमाडौँको भिजिबिलिटी (पारदर्शिता) ३५ सय मिटर रहेको जानकारी उनले दिइन्।
विज्ञका अनुसार तुवाँलो लाग्दा वायू प्रदूषणको मात्रा बढ्ने भएकाले घरबाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्छ।
राति पनि पानी पर्ने सम्भावना
Shares
प्रतिक्रिया